काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा समक्ष नेपाल भ्रमणमा रहेका एशियाली उत्पादकत्व संगठन(एपीओ)का महासचिव डा. शान्थी कनाकतानापोर्नले महासंघ सचिवालयमा भेटवार्ता गरेका छन् ।
नेपालको तीन दिने भ्रमणमा आएका महासचिव कनाकतानापोर्न र अध्यक्ष राणा बीचको भेटवार्तामा उत्पादकत्व अभिवृद्धि, कृषिको व्यवसायीकरण÷प्रविधिकरण र राष्ट्रिय उत्पादकत्व अभिवृद्धिमा सरकार–निजी क्षेत्र बीचको सहकार्य र अनुसन्धान तथा विकास एवं एपीओबाट हुनसक्ने प्राविधिक सहयोग लगायतका विषयमा छलफल भयो ।
बैठकमा अध्यक्ष राणाले एपीओ महासचिवको स्वागत गर्दै एपीओबाट नेपाललाई प्राप्त सहयोग एवं सहकार्यको प्रशंसा गरिन् । अध्यक्ष राणाले महासंघले कृषिको व्यवसायिकरण, रोजगारी सृजना तथा मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जानकारी गराइन् । अध्यक्ष राणाले नेपाली निजी क्षेत्रलाई आवश्यक तालीम मार्फत उत्पादकत्व अभिवृद्धिमा सघाउन एपीओलाई आग्रह समेत गरिन् ।
महासंघको प्रोडक्टीभीटी एण्ड इनोभेशन समितिका सभापति मनिषलाल प्रधान, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रवन्धक अञ्जना ताम्राकार, महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी, महासंघका उपमहानिर्देशक मीना श्रेष्ठ सहित व्यवसायीहरूको सहभागिता रहेको भेटवार्तामा एपीओ महासचिव डा. कनाकतानापोर्नले नेपालको आर्थिक विकास र उत्पादकत्व अभिवृद्धिमा सहयोग गर्न आफू तयार रहेको बताए । साथै उनले राष्ट्रिय उत्पादकत्व अभिवृद्धिका लागि राष्ट्रिय गुरुयोजना बन्नुपर्नेमा जोड दिए ।
कृषिलाई आधुनिक, प्रविधिमैत्री र यूवाहरुलाई आकर्षित गर्ने ढंगबाट योजना तथा कार्यक्रम आउनु पर्ने सुझाव दिंदै महासचिव डा. कनाकतानापोनले कृषिको उत्पादकत्व अभिवृद्धिमा कसरी सहयोग गर्न सकिन्छ, त्यसलाई एपीओले उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने विश्वास दिलाए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago