काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहारस्वरुप “ई–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन” ल्याएको हो।
“इ–तिहार क्याम्पियन” भाइटीकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ। यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकले भाइटीकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको छ।
यसैगरी “मेगा मार्ट क्याम्पियन” लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्मका लागि ल्याइएको छ। यस अभियानमा मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ।
मेगा बैंकका ग्राहकहरुले घरमै बसी प्रविधिका माध्यमबाट यी दुवै अफरबाट अधिकतम लाभ लिन सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19