काठमाण्डौ । काठमाण्डौको टंगालस्थित भाटभटेनी सुपरमार्केटमा नेपालकै पहिलो ११ तले भर्टिकल ‘स्मार्ट पार्किङ’ सञ्चालनमा आएको छ।
स्मार्ट पार्किङको आइतबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले औपचारिक रुपमा उद्घाटन गरेका छन्।
उक्त स्मार्ट पार्किङको निर्माणकार्य ३ महिनामै पूरा भएको भाटभटेनी सुपरमार्केटले जनाएको छ। यो स्मार्ट पार्किङ करिब ४ आनामा बनेको छ। यो ४४ वटा गाडी राख्न सकिने क्षमताको छ।
स्मार्ट पार्किङ चिनियाँ प्रविधिमा आधारित छ। यसको निर्माण कार्य भने भारतीय प्राविधिकले गरेका हुन्।
हाइड्रोलिक सिष्टमबाट सञ्चालित स्मार्ट पार्किङले हालको गाडी पार्किङ समस्या समाधान हुनेमा भाटभटेनी विश्वस्त छ। स्मार्ट पार्किङमा कार्ड स्क्यान गरेपछि खाली रहेको ठाउँमा लगेर गाडी पार्किङ गर्न सकिने भाटभटेनीले जनाएको छ। पछि स्क्यान गरेपछि गाडी तल झर्छ।
यसअघि टंगालमा रहेको भाटभटेनीमा रहेको पार्किङ करिब ७५ वटा गाडी राख्ने मिल्ने क्षमताको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19