काठमाण्डौ । भाटभटेनी ग्रुपले काठमाण्डौको नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड रुपैयाँको लागतमा सत्तल निर्माण गर्ने भएको छ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनी माताको मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निर्माण गरिन लागेको जानकारी दिए। उक्त भवनको शिलान्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बिहान गरेका छन्।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले पुर्खाहरुले निर्माण गरेको चिजहरुलाई नष्ट हुनबाट बचाउनुपर्ने बताए। ‘हाम्रा पुर्खाहरुले धेरै कुरा निर्माण गरे। हाम्रा कारणले नष्ट हुँदैछन्’, उनले भने, ‘तर मीनबहादुरजीले त्यसको निर्माण गर्दै हुनुहुन्छ। सत्तलमा विगतमा जस्तो कोही यात्रुहरु आएर नबसे पनि यसले संकेतको काम गर्छ। दृष्टान्तको रुपमा यो सत्तल रहन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago