काठमाण्डौ। प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डौ नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ। 

आज बिहीबारका दिन नक्सालस्थित भाटभटेनी सुपर मार्केटको प्राँगणमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड पेमेन्ट सिस्टमको उद्घाटन गरेका हुन्। 

उद्घाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि गभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड दिँदै प्रभु बैंक र फोन पेको संयुक्त पहलमा नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा हुने आर्थिक कारोबारका लागि नगदै बोक्नुपर्ने झन्झट हटेकोे बताए। 

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समयसपेक्ष नवीनतम बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए। 

अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समग्र ग्राहकको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल फोन पेबीचको समन्वयनमा सञ्चालित क्यूआर कोड सेवामार्पmत डिजिटल बैंकिङ सेवा उपभोग गरी नक्साल भाटभटेनी सुपर मार्केटमा आर्थिक कारोबार गर्ने सम्पूर्ण उपभोक्ता तथा ग्राहकले अधिकतम लाभ लिने भन्ने बैंकले विश्वास लिएको छ।