काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ग्राहकलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नका लागि ‘भयंकर अफर’ ल्याएको छ। 

भयंकर अफरअन्तर्गत ग्राहकले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रतिमहिना मात्र रु. ८०० मा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्न पाउनेछन्। कम्पनीका अनुसार अब ग्राहकले प्रतिमहिना मात्र रु. ८०० मा निरन्तर मनोरञ्जन पाउन सक्नेछन्। 

नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक हो । आफ्ना ग्राहकलाई सेवा र अफर प्रदान गर्नेमा सधैँ तत्पर रहने कम्पनीले जनाएको छ।