काठमाण्डौ । भायानेटले भायाटीभीसहित मिनी प्याकको नयाँ अफर सुरु गरेको छ। 

अब ग्राहकले रु. ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्सनसँगै निःशुल्क भायाटीभी पनि प्राप्त गर्नेछन्।

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको छ। यस अफरमार्फत ग्राहकले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक च्यानलहरु दुवैको लाभ लिन सक्नेछन्। भायाटीभीद्वारा ग्राहकले १७५ बढी च्यानल, चलचित्र र टेलिशृंखलाहरु हेर्न सक्नेछन्। 

यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पिड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो। ग्राहकले अझै पनि रु. ८०० प्रतिमहिनामा यो अफरको मज्जा लिन सक्नेछन्।

यसबाहेक भायाटीभीको सेट–उप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ। जसमार्फत प्रयोगकर्ताले लाइभ टीभी कार्यक्रमहरु पज गरी पछि हेर्ने फाइदा लिन सक्नेछन्। मिनी प्याकका सब्सक्राइबरहरुले भायाटीभीको सेवा आफ्ना मोबाइल उपकरणहरुमा पनि प्राप्त गर्न सक्छन्। प्रयोगकर्ताले गुगल प्लेस्टोर वा एप्पल एप स्टोरमार्फत भायाटीभी एप डाउनलोड गरी आफ्नो उपकरणहरुबाट भायाटीभी को सुविधा लिन सक्नेछ्न्।

उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरुअन्तर्गत भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरु पनि उपलब्ध गराइरहेको छ। अल्ट्रा–फाई प्याकको मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो। जसको सब्सिक्रप्सनमा २ वटा भायाटीभीहरु पनि उपलब्ध छन्। यसको मूल्य मात्र रू. १ हजार २५० प्रतिमहिना रहेको छ।

मिनी प्याकमार्फत भायनेटले सामान्य उपभोक्तामात्र नभई उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको छ।

भायानेट नेपालको एक अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक हो। यसले आफ्ना ग्राहकलाई व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि नयाँ र नवीनतम इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ।