काठमाण्डौ । बाम सरकारका भावी प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतले विजयी भएका छन् । 

झापा क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका एमाले अध्यक्ष ओलीले २९ हजार मतान्तरले विजयी भएका हुन् । 

ओलीले ५७ हजार १ सय ३९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत मात्रै ल्याए ।