काठमाण्डौ । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरु – भी२३ई र वाई५३एस मा भारी मात्रामा मूल्य घटाएको छ।
भी२३ई को दुवै संस्करणमा रु. ५ हजारले मूल्य घटाएर अब भी२३ई ८जीबी+१२८ जीबीको मूल्य रु. ३६ हजार ९९९ र भी२३ई ८ जीबी +२५६ जीबी संस्करणको मूल्य रु. ४१ हजार ९९९ बनाएको छ।
त्यस्तै वाई५३एसको मूल्य रु. ४ हजारले घटाएर रु. ३० हजार ९९९ बनाएको छ। यो नयाँ मूल्य जनवरी १ देखि जनवरी ३१ सम्म भिभोका सबै रिटेल स्टोरहरु र इ–कमर्स वेबसाइटहरुमा लागू हुनेछ।
भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा हामी सधैँ हाम्रा ग्राहकको जीवनलाई समृद्ध बनाउन र उनीहरुका लागि हाम्रा उत्पादनहरु थप पहुँचयोग्य बनाउने तरिकाहरु खोजिरहेका हुन्छौँ। भी२३ई र वाई५३एस मा मूल्य घटेको घोषणाद्वारा हामी हाम्रा ग्राहकहरुका लागि यो प्रतिबद्धता पूरा गर्ने आशा गर्दछौँ। यी दुवै लोकप्रिय स्मार्टफोनहरुमा उत्कृष्ट क्यामेराहरु छन्। जसले प्रयोगकर्ताहरुलाई आफ्ना सबै विशेष क्षणहरु खिच्न मद्दत गर्दछ। हामी भिभोमा हाम्रा उत्पादनहरुद्वारा प्रयोगकर्ताहरुको जीवनमा सुधार ल्याउन निरन्तर प्रयासरत छौँ।’
भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ। जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेटजस्ता विभिन्न पोट्र्रेट मोडहरु छन्। भी२३ईको रियर क्यामेराहरुमा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा सेटअप छ। यसको सुपर नाइट मोडले कम उज्यालो अवस्थाहरुमा एआई मल्टिपल फ्रेम डिनोइजिङको सहायताले कम प्रकाश अवस्था, ब्राइटनेसको सन्तुलन र अँध्यारोमा उत्कृष्ट प्रदर्शन गर्दछ। यसमा ८जीबी र्याम छ र रोममा दुई विकल्पहरु– १२८जीबी र २५६जीबी छन्। यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ।
यसबाहेक भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ। यसमा फेनटच ओएस१२ छ।
वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ। जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरुमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ। यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टीभीसम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीबी र्याम र एक्सटेन्डेवल र्याम छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago