काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट भूकम्पका प्रभावितको लागि ५० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।

संस्थाले सल्यानको दार्मा गाउँपालिकाका प्रभावितको सहयोगको लागि गाउँपालिकाको विपद् कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको हो । 

त्यस्तै संस्थाको बागचौर शाखामा आवद्ध ६८१ जना सेवाग्राहीलाई राहतस्वरुप २१ लाख ५४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बताइएको छ । त्यसैगरी रुकुम पश्चिमको आठविसकोट नगरपालिकालाई ४ लाख रुपैयाँ र आठविसकोट शाखाअन्तर्गतका ३७० सेवाग्राहीलाई ११ लाख ६४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाले जानकारी दिएको छ । 

संस्थाले मुसीकोट नगरपालिकामा रहेको शेरीगाउँ शाखाका २५० जना सेवाग्राहीलाई ७ लाख ५६ हजार रुपैयाँ सहयोग गरेको बताएको छ ।