काठमाण्डौ। सरकारले भूकम्प प्रभावित तीन वटा जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
जसअनुसार यी तीन जिल्लामा रहेका टावरमार्फत प्रवाह हुने जुनसुकै ठाउँबाट जारी भएका टेलिफोनमा पनि निःशुल्क टेलिफोन र एमएमएस गर्न सकिने छ । भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले पाँच दिनसम्म निःशुल्क सिम पनि उपलब्ध गराउने भएको छ ।
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा नेपाल टेलिकमले आफ्नो कर्तव्यबोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमितरुपमा सुचारु राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि टेलिकमले स्रोत व्यक्ति पनि तोकेको छ । जसअनुसार प्रकाशचन्द्र सिग्देल ९९८५१०२१७४००, जनक डाँगी (९८५११०९९५५) र ओमप्रकाश ढकाल (९८५१३४७८७०) सँग सम्पर्क गर्न पनि टेलिकमले आग्रह गरेको छ ।
त्यस्तै, सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर ९इटीसी०लाई सक्रिय बनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले क्लष्टर सक्रिय बनाउने निर्णय गरेको हो ।
बैठकले भूकम्प प्रभावित क्षेत्रहरुमा टेलिफान तथा इन्टरनेट सेवा सुचार गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
त्यस्तै सेवा प्रदायकहरुले सेवालाई प्रभावकारी बनाउन सम्पर्क विन्दुर सम्पर्क व्यक्ति तोक्ने र निन्तर सम्पर्कमा रहने रहने पनि बैठकले गरेको छ । बैठकले भूकम्प प्रभावित क्षेत्रहरुबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।
बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ । बैठकमा नेपाल टेलिकमका पदाधिकारीहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा आधारभूत दूरसञ्चार सेवा निःशुल्क गरेको जानकारी दिएका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago