Photo : Myrepublica
सामान्यतया नेपालजस्तो देशमा लोनको डिमाण्ड डिपोजिटको तुलनामा बढी हुनु अस्वभाविक होइन । यसपालि पनि ठ्याक्कै त्यही अवस्था आएको छ । तर, हाम्रो अवस्था निकै धेरै बिग्रिसकेको पनि होइन । समग्र देशमा चाहि डिपोजिटको अभाव छैन । सिस्टमको कुरा गर्ने हो भने सरकारसँग अहिले पनि ३ सय अर्ब बढी पैसा छ ।
लोनबाट हुने डिपोजिटको ग्रोथ त भइरहेकै छ, तर ब्यालेन्स अफ पेमेन्टबाट खासै योगदान भएन । र, सरकारी खर्चबाट समेत त्यति धेरै योगदान हुन सकेन, यिनै कारणले यस्तो अवस्था आइदियो ।
यसकारण, यही रफ्तारमा हामीले लोनको प्रवाह बढाइराख्यौ भने समस्या हुनसक्छ भनेर अहिले बैंकहरुले प्रिकसन(पूर्व सावधानी)को रुपमा आफ्नो डिपोजिटलाई बढाउने र लेण्डिङ(कर्जा)लाई केही नियन्त्रण गर्ने काम गरिरहेका छन् । गत वर्ष पनि यो बेला यस्तै दवाब थियो, यो पटक पनि भइदियो । हामी ७–८ वर्ष अगाडि फर्किभयौं भने पनि यस्तै दवाब थियो ।
यो वर्ष मंसिरको तेश्रो वा चौथो हप्तादेखि केही दवाब महसुस हुन थालेको थियो, गत वर्षको अवस्था पनि यही थियो । गत वर्ष र अहिलेको बैंकहरुको ट्रेण्ड हेर्ने हो भने डिपोजिटको भन्दा लोनको ग्रोथ एकदमै बढी छ । सरकारले अहिले पनि ७ प्रतिशतको आर्थिक वृद्धिदरको कुरा गरिरहेको छ ।
कर्जाको माग नभई, आर्थिक गतिविधि नबढी प्रक्षेपित आर्थिक वृद्धिदर हासिल हुनेवाला छैन । तर, केही राम्रा पक्ष पनि छन्, उत्पादनमूलक क्षेत्रमा कर्जाको बढी माग छ । सिमेन्टमा छ, स्टीलमा छ, हाइड्रोमा पनि छ, हाउजिङको विकासमा पनि उस्तै छ । भनेपछि अधिकांश उत्पादनशील क्षेत्रमै ऋणको माग छ । यो सकारात्मक पक्ष हो ।
गत वर्ष पनि यही बेलामा यो समस्या आउनुु र यो वर्ष पनि यही बेलामा समस्या आउनुले स्वभाविक रुपमा डिपोजिटको ग्रोथ कम र लोनको ग्रोथ बढी भएरै हो । किनभने ब्यालेन्स अफ पेमेन्ट(भुक्तानी सन्तुलन)को अवस्था हेर्नुभयो भने गत वर्ष पनि अलिकति बढी पोजिटिभ थियो, यसपटक थोरै मात्र भए पनि पोजिटिभ नै छ । हाम्रो डिपोजिटको ग्रोथ हेर्दा ब्यालेन्स अफ पेमेन्ट पोजिटिभ भयो भने त्यसले योगदान गर्ने हो, अर्को सरकारको खर्च पोजिटिभ भयो भने र अर्को एउटा चाहि लोन आफैं ं पनि बढ्दा पनि डिपोजिटको ग्रोथ हुन्छ । लोनबाट हुने डिपोजिटको ग्रोथ त भइरहेकै छ, तर ब्यालेन्स अफ पेमेन्टबाट खासै योगदान भएन । र, सरकारी खर्चबाट समेत त्यति धेरै योगदान हुन सकेन, यिनै कारणले यस्तो अवस्था आइदियो ।
एकडेढ महिनाकै अवधिमा किन यस्तो ?
दशैंतिहारको पछिको अवधिमा कतिपय बैंकहरुले डिपोजिट स्वीकार गरेनन् भन्ने हल्ला पनि सुनियो । एक डेढ महिनापछि नै अहिले निक्षेप तान्ने होड चलेको छ । नेपालजस्तो देशमा डिपोजिटको ग्रोथ भन्दा लोनको ग्रोथ बढी हुनुु अस्वभाविक होइन । तर, ती बैंकहरुले किन डिपोजिट लिएनन् मलाई रमाइलो लागिरहेको छ । मसँग अलिक बढी पैसा छ भने ब्याजदर कम दिन्छु, मलाई निक्षेपको बढी खाँचो छ भने ब्याजदर हाई दिन्छु। तर, त्यो बैंकले किन निक्षेप लिएन, त्यो चाहि बुुझेको छैन ।
गलत अभ्यास
संसारभरिको मूल्य माग र आपूर्तिबीचको अन्तरले निर्धारण गर्ने हो । त्यो बेलामा त्यो बैंकको, कुनै बैंकको खासै लोनको डिमाण्ड थिएन कि ? किनभने पहिलो त्रैमासमा हेर्यौ भने कर्जाको खासै माग थिएन । हामीसँग असारमा डिपोजिटतर्फ जुन सरप्लस थियो, त्यसैले कात्तिकसम्म धानिरहेका थियौं । मंसिर मसान्तको डेटा अनुसार उद्योगको सीसीडी रेसियो ७७.७ प्रतिशत मात्र छ, त्यो भनेको अझै पनि ३ प्रतिशतको कुसन छ भन्ने हो । अझ वासेल थ्रीको नम्र्स अनुसार गयौं भने त बैंकहरुको कर्जायोग्य(लोनेवल) फण्डको क्षमता त अझ बढी छ । भनेपछि अण्डर डेभलप कन्ट्रीमा यो हुुनुु अस्वभाविक होइन ।
अहिलेको राम्रो पक्ष सरकारसँग पैसा छ, सिस्टममा पैसा छ । लोड म्यानेजमेन्ट मात्र गर्न जानिएन । कुलमानसिंह घिसिङले बिजुलीको लोड म्यानेजमेन्ट गरेरै लोडसेडिङ हटाउनु भएको हो नि । अलिकति इम्पोर्ट गर्नुभयो होला, अलिकति भएकै चिज बिहान बेलुुका दिउँसो केही गर्नुभयो होला । हाम्रो सरकारसँग पनि पैसा छ, त्यो पैसा चाहि प्राइभेट सेक्टरमा क्रेडिटको रुपमा फ्लो बढाउन सकियो भने आर्थिक गतिविधि र वृद्धिलाई त्यसले सपोर्ट गर्छ । यो बिषयमा अर्थमन्त्रालय र राष्ट्रबैंकले पहल थाल्नुुपर्छ । अर्को, बैंकहरुले लोनलाई स्लोडाउन गरेका छन्, त्यसले रेभेन्यूू जेनेरेट र इकोनोमी ग्रोथमा स्लो डाउन गर्नेवाला छ। त्यो हुन दिनुु हुँदैन ।
सरकारसँग पैसा छ, त्यो पैसा चाहि प्राइभेट सेक्टरमा क्रेडिटको रुपमा फ्लो बढाउन सकियो भने आर्थिक गतिविधि र वृद्धिलाई त्यसले सपोर्ट गर्छ । यो बिषयमा अर्थमन्त्रालय र राष्ट्रबैंकले पहल थाल्नुुपर्छ । अर्को, बैंकहरुले लोनलाई स्लोडाउन गरेका छन्, त्यसले रेभेन्यूू जेनेरेट र इकोनोमी ग्रोथमा स्लो डाउन गर्नेवाला छ। त्यो हुन दिनुु हुँदैन ।
ढंग पुुगेन
बैंकहरुको सम्पत्ति र दायीत्वको व्यवस्थापनमा ढंग नपुुगेको देखिन्छ । सरकारले अन्तिम त्रैमासमा मात्र खर्च गर्छ । हामी(सानिमा बैंक)ले पहिलो त्रैमास(क्वार्टर)मा बढी लोन बुक गर्छौ, अनि दोश्रो क्वार्टरदेखि लोन कम गर्दै जान्छौ । किनभने फ्रस्ट क्वार्टरमा पैसा सस्तोमा पाइन्छ । हामीले ६ अर्ब रुपैयाँ पहिलो त्रैमासमा लोन बुक गरेका छौ भने दोश्रो त्रैमासमा ३ अर्बदेखि ४ अर्ब मात्र हाम्रो ग्रोथ हुन्छ । यो हिसाबले हामीले प्लानिङ गर्छौ । अरु साथीहरुले पनि योजना बनाउँछन् होला भन्ने अपेक्षा गर्छौ, तर कता–कता कम गरेको जस्तो हो कि भन्ने चाहि देखिन्छ । योजना बनाउँदाको फाइदा पनि छ । हाम्रो प्रोफिटको ग्रोथ हेर्नुुभयो भने वन अफ दि बेस्ट ग्रोथ छ । निक्षेपको ग्रोथ, लोनको ग्रोथमा पनि उस्तै सन्तोषजनक अवस्था छ ।
यसको अर्थ केही बैंक सम्हालिन आवश्यक छ । जस्तो, हाम्रो केशमा टोटल डिपोजिटको ६२–६३ प्रतिशत डिपोजिट व्यक्तिगत छ । त्यो भनेको स्थिर हुन्छ । तर, संस्थागत डिपोजिट चाहि ५० करोड वा १ अर्ब मात्र पुुग्यो भने पनि त्यो हाम्रा लागि पेनफूल(पीडादायी) हुन्छ । त्यसकारण कसरी बैकिङ गर्ने भन्ने कुरामा पनि हामी चुकेका छौ । सम्पत्ति र दायीत्वको व्यवस्थापनमा बैंकहरु कता–कता चुुकेको जस्तो लाग्छ । अझ राम्रो व्यवस्थापन गर्न सकेको भए राम्रो हुन्थ्यो होला जस्तो लाग्छ । कहिलेकाही हाम्रो पनि प्रक्षेपण गल्ती हुनसक्छ । तर, शौभाग्यवश भन्नुुपर्छ अधिकांश समयमा हाम्रो प्रक्षेपण ठीक भएको छ । कहिलेकाही हामी पनि चिप्लिएका चाहि छौ ।
सम्पत्ति र दायीत्वको व्यवस्थापनमा बैंकहरु कता–कता चुुकेको जस्तो लाग्छ।
अब के गर्नुपर्छ ?
हामीले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएका छौ । यो बेलामा कर्जा प्रवाह गर्न सकेनौ भने ७ प्रतिशतको वृद्धिदर हासिल हुन सक्दैन । राजश्व संकलनमा जुन लक्ष्य लिएका छौ, आर्थिक गतिविधि भएन भने त्यो उपलब्धि पनि प्राप्त हुनसक्दैन । यो त वाणिज्य बैंकहरुको चासोको बिषय त जरुर हो, तर, मूल चासो चाहि राष्ट्रबैंक र अर्थमन्त्रालयको हो । उनीहरुले बैंकहरुलाई बोलाएर ‘उत्पादनशील क्षेत्र यी हुन्, यी क्षेत्र हाम्रा ग्रोथका एरिया हुन्, यी क्षेत्रमा कर्जा प्रवाह गर्नका लागि पैसाको अभाव हुन दिंदैनौ’ भन्न सक्नुुपर्छ । हामीसँग रहेको फण्ड वाणिज्य बैंकहरुमा निकासा गर्छौ भन्नुुपर्छ । एउटा विकल्प त्यो हुनसक्छ । अथवा, हामीसँग भएको फण्डसँग राष्ट्रबैंकले रिफाइनान्स गरेर उत्पादनशील क्षेत्रमा ‘प्रत्येक बैंकलाई हामी ३–४ अर्बको दरले दिन सक्छौ, तिमीहरु कर्जा प्रवाह गरिराख’ भनेर म्यासेज दिनेबित्तिकै उद्योगले केही राहात महसुुस गर्नेछ ।
क्याप आवश्यक छ ?
मान्छेहरु कार्टेलिङ गरे भन्छन् बैंकहरुले । लञ्च खाँदा ‘यसो गरौ’ भनेर गरेको कुराले काम गर्दैन । तर, यो कार्टेलिङ चाहि होइन है । कार्टेलिङ त आफ्नो फाइदाका लागि गरिन्छ । डिपोजिटको रेट १४–१५ प्रतिशत भयो भने त लेण्डिङको रेट त २० प्रतिशत हुनुपर्छ । २० प्रतिशतमा दियो भने के अर्थतन्त्रलाई राम्रो हुन्छ त ? वास्तवमा यो राष्ट्रबैंक र गभर्नर आफैले लेण्डिङ रेट बढी भयो है भनेर चासो दिनुुपर्छ । रेट बढाउने को ? कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, राष्ट्रिय बिमा संस्थान, आर्मी, पुलिस । फण्ड सबैभन्दा बढी हुने उहाँहरु नै हो नि । उहाँहरुले पनि निश्चित ब्याजदर भन्दा बढी लिनुुभएन । सरकारकै निकायहरुले ठूलो पैसा लगानी गर्छन, अनि ब्याजदर बढी भयो भने कोही लोन लिन आउनेवाला छैन । गत वर्षकै कुरा गर्ने हो भने १५–१६ प्रतिशत ब्याजदर जब भयो, फाट्टफुट्ट बाहेक लोन नै गएन । भनेपछि लेण्डिङ रेट १२ वा १३ भएको बेलामा मात्रै लोनको बढी प्रवाह भएको देखिन्छ । त्यसभन्दा माथि गएपछि मान्छेहरु तर्सिन्छन् ।
रेट बढाउने को ? कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, राष्ट्रिय बिमा संस्थान, आर्मी, पुलिस । उहाँहरुले पनि निश्चित ब्याजदर भन्दा बढी लिनुुभएन । सरकारकै निकायहरुले ठूलो पैसा लगानी गर्छन, अनि ब्याजदर बढी भयो भने कोही लोन लिन आउनेवाला छैन ।
त्यसकारण सरकारसँग पैसा छँदैछ, खालि यो त लोड म्यानेजमेन्टको कुरा त हो नि । तपाईहरुसँग अभाव भो, हामीसँग छ, यो पैसा त तपाईहरुलाई प्रवाह गर्ने हामी एउटा मेकानिजम बनाउँछौ भन्न सक्नुुपर्यो । वाणिज्य बैंकमा स्थानीय निकाय र पुननिर्माण प्राधिकरणको पैसा राख्ने व्यवस्था गरिदिने हो भने धेरै हदसम्म सहज अवस्था हुन्छ । यसबाट पनि समस्या समाधान भएन भने सरकारसँग भएको पैसा प्रोडक्टिभ सेक्टरमा रिफाइनान्सिङ गरिदिने भनियो भने अहिलेको समस्या समाधान हुन्छ, कुनै गाह्रै छैन । अहिले त्यो पैसा नभएर समस्या भएको होइन, एकातिर छ, अर्कोतिर नभएर मात्र समस्या भएको । लोड म्यानेजमेन्ट गरिदिने बित्तिकै समस्या समाधान भइहाल्छ ।
अर्को, वासल थ्रीको रुल कार्यान्वयन मात्र गर्न सकियो भने पनि केही सहज हुन्छ । अहिले राष्ट्रबैंकको रुल अलिक कडा छ, सीडी रेसियो ८० प्रतिशत राख्नुु भनेको झण्डै २५ प्रतिशत जति हामीले लिक्वीडिटी मेन्टेन गर्नुपर्छ। तर, यस्तो अनुपात १५–१६ प्रतिशत भए पुुग्छ । त्यो कन्टेस्टमा बढी राख्नुु भनेको पनि आइडल हुनुु हो । आइडल चिज राख्नुु भनेको पनि अर्थतन्त्रका लागि राम्रो त होइन ।
(सानिमा बैंकका सीइओ दाहालसँगको कुराकानीमा आधारित आलेख)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago