काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ।  
जाडो मौसमले दुई पांग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले बताएको छ।  

 

गत पुस ५ गतेदेखि १४ गतेसम्म सञ्चालित सो क्याम्प काठमाण्डौ उपत्यका भरीका पाँच  वटा स्थानमा रहेको  भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा  सञ्चालन गरिएको थियो ।
 

भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र  गल्फ इन्जिन आयल चेन्ज  प्रदान  गरिएको कम्पनीले बताएको छ ।
उक्त क्याम्पमा सहभागी २ हजार ६००  भन्दा धेरै ग्राहक मध्ये पाँच  भाग्यमानी ग्राहकलाई लक्की ड्रमार्फत् आकर्षक उपहार प्रदान गरिएको थियो।

लक्की ड्रबाट रत्नकेशरी रंजितकार  (भक्तपुर),  रन्जु नेपाल  (बनेपा),  नविना श्रीश (एकान्तकुना), रोमीका न्यौपाने (गहनापोखरी) र  मोनिका श्रेष्ठ (झम्सिखेल) बिजेता भएका थिए ।

क्याम्प नेपाल ल्युब आयल र भेस्पा/अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिको  संयुक्त आयोजनामा भएको हो  ।