काठमाण्डौ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबुलकार सेवा एक साताका लागि बन्द गरिने भएको छ।
केबुकार निर्माता कम्पनी डोप्पेलमर्य अस्ट्रियाको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार बृहत मर्मत कार्य कार्य गर्नुपर्ने समय भएकोले केबुलकार सेवा एक साताका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ। मर्मतकार्यका लागि भोलि पुस १४ गतेदेखि पुस २० गतेसम्म केबुलकार सेवा बन्द रहनेछ।
मर्मतकार्य सकिएपछि पुस २१ गतेबाट पुनः केबुलकार सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। सेवा बन्दबाट यात्रु र भक्तजनहरुलाई पर्न जाने असुविधा पनि कम्पनीले क्षमायाचना गरेको छ।
केबुलकार बन्द रहे पनि बटम स्टेसनस्थित रेस्टुरेन्ट सेवा यथावत रुपमा सञ्चालनमा रहने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19