 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले भोलि साउन २४ गतेदेखि साउन २६ गतेसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ।
मनसुन मौसममा हुने लगातार वर्षाले कुनै पनि सवारीसाधनमा नकारात्मक प्रभाव पार्नसक्ने हुनाले यसमा ध्यान पुर्याउन अत्यन्त जरुरी रहेको कम्पनीले जनाएको छ। सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न योे क्याम्प सञ्चालन हुन लागेको कम्पनीको भनाइ छ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनका साथै भाग्यमानी ४ जना ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जित्ने सक्नेछन्।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन्।
त्यसैगरी एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट, लेवर चार्जमा २० प्रतिशत छुट र एसोसरिज, स्पेयर पार्टस र इन्जिन आयलमा १० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19