काठमाण्डौ । नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रालिले हरेक वर्षझैँ यस वर्ष पनि नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरेर आफ्नो उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको विभिन्न ‘फेस्टिभ प्याकहरु’ बजारमा सार्वजनिक गरेको छ।
यस चाडपर्वमा अत्याधिक मात्रामा पूजा अगरबत्तीको माग तथा खपत हुने हुनाले यी फेस्टिभ प्याकहरु बजारमा ल्याइएको कम्पनीले जनाएको छ। यी फेस्टिभ प्याकअन्तर्गत चम्पा, त्रिसारा र आकर्षक षट्कोण आकारको बक्समा ३ इन १ प्याक बजारमा उपलब्ध छन्।
यसका साथै साबिकभन्दा धेरै काँटी तथा बट्टाहरु संग्रहसहितको अर्पण, त्रेया, जस्मिन, लाभेन्डर, चन्दन तथा लाभेन्डर+ चन्दन (२ इन १) अगरबत्ती प्याकहरु पनि बजारमा उपलब्ध छन्।
यी सबै उत्पादनहरु देशभरिका डिपार्टमेन्ट स्टोर तथा मंगलदीप पाइने सम्पूर्ण खुद्रा तथा होलसेल पसलहरुमा उपलब्ध रहने छन्। यी फेस्टिभ प्याकहरु हरेक पसलहरुमा आकर्षक सजावटका साथ उपलब्ध गरिएको हुनाले ग्राहकले सहजै देख्नु हुने विश्वास कम्पनीले लिएको छ।
मंगलदीप पूजा अगरबत्तीले गहन बजार अनुसन्धान गरी नेपाली ग्राहकहरुको रोजाइअनुसारको मनमोहक, आकर्षक तथा सुगन्धित अगरबत्ती ल्याउने गरेको तथा ती अगरबत्ती नेपालीको विशेष रोजाईमा पर्न तथा मन जित्न सफल भएको छ। यी चाडपर्व लक्षित फेस्टिभ प्याक सीमित अवधिको लागिमात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago