काठमाण्डौ । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डस्ट्रिज प्रालिले सातौँ नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ लन्च गरेको छ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वायरसेफको अनावरण गरेकी थिइन्। शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको यो नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो र यसमा मंगलमको सहभागिता रहेको छ।

वायरसेफ एफआरएलएस विद्युतीय कन्ड्युट पाइप घरधनीहरुका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको छ। एउटा सामान्य घर बनाउँदा प्रायः खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरु प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङका लागि भने कालो एचडीपीई पाइप नै अझै पनि प्रयोग गरिन्छ। तर यो पाइप वायरिङका लागि बनेको हुँदैन र यसले विद्युतीय जोखिमहरुबाट बचाउँदैन।

मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, ‘हाम्रो नयाँ उत्पादन मंगलम वायरसेफ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ, जुन अहिलेको आवश्यकता हो। हामीले विद्युत चुहावटका कारण सर्ट सर्किट र अन्य दुर्घटनाका धेरै समाचार सुन्दै आएका छौँ। घर राम्रो र बलियो बनाउन सही निर्माण सामग्रीको साथ–साथै सहि पाइपिङ र प्लम्बिङको छनोट पनि उत्तिकै महत्वपूर्ण हुन्छ किनकि घरका लागि पाइपिङ भनेको शरीरका लागि नशाजस्तै हो। वायरसेफको उपलब्धतासँगै अब यस्ता विद्युतीय दुर्घटनाबाट हुन सक्ने मानवीय र आर्थिक क्षति कम हुने विश्वास गर्दछौँ।’

मंगलमका सबै उत्पादन उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ। नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ। मंगलमको हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् र यसका सबै उत्पादन आईएसओ ४९८५ प्रमाणित छन्।