काठमाण्डौ । नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मंगलम इन्डस्ट्रिजबाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ। 

यसका एसडीआर ११ (१५ र ५० मिमि) र एसडीआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिह्न ५७० प्रदान गरिएको हो। बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मंगलमको पीभीसी र एचडीपीई पाइपले भने पहिलेदेखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन्।

गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरुलाई गुणस्तरको मानकका रुपमा यो चिह्न प्रदान गर्दै आएको छ। नेपाल गुणस्तर चिह्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ र यो चिह्न पाएका उत्पादनहरु गुणस्तरीय र नेपाली बजारमा बिक्रीयोग्य मानिन्छन्।

मंगलम इन्डस्ट्रिजका उपाध्यक्ष प्रदीप शुक्लाले भने, ‘हाम्रो सीपीभीसी प्लसले नेपाल गुणस्तर चिह्न पाएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। उत्पादन प्रक्रियामा सबै मापदण्ड पुर्याएका, गुणस्तरीय र सुरक्षित उत्पादनहरुलाई गुणस्तर विभागले यो चिह्न प्रदान गर्दै आइरहेको छ। यो हाम्रो लागि उल्लेखनीय उपलब्धि हो। यसका साथै यसले हामीलाई भविष्यमा अझै गुणस्तरीय उत्पादन गर्न पनि हौसला दिएको छ।’

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम इन्डस्ट्रिजले निर्माण कार्यमा आवश्यक पाइप्स र फिटिङ्सहरु नेपालमै उत्पादन गर्दै आइरहेको छ। हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइने गरेको कम्पनीको दाबी छ। 

मंगलमको यी उत्पादनहरु प्लम्बिङ पेसामा लागेका अनुभवी पेसाकर्मीहरुका साथै घरधनी र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ रहेको कम्पनीले जनाएको छ।