काठमाण्डौ । नेपालकै पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डस्ट्रिज प्रालिले उद्योग स्थापनाको सुरुआती चरणदेखि नै कार्यरत कर्मचारीलाई मायाको चिनो र प्रशंसापत्र वितरण गरेको छ। 

भैरहवास्थित कारखानामा आयोजित सेल्स रिभ्यु कार्यक्रममा ती कर्मचारीलाई मायाको चिनो र प्रशंसापत्र वितरण गरिएको हो। कार्यक्रममा उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया गर्नुका साथै प्रगतिका लागि हौसला पनि प्रदान गरेका थिए।

आफ्ना कर्मचारीलाई उनीहरुको समय र परिश्रमका लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरुलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरु समय–समयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले बताए।