काठमाण्डौ । नेपालको अग्रणी पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डस्ट्रिजको बिक्री वर्षदिनमै २०६%ले बढेको छ। 

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा १ अर्ब ५० लाख रुपैयाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने उल्लेख गरेको छ। कम्पनीले २०१८ मा ३७ करोड रुपैयाँ र २०१९ मा ५१ करोड रुपैयाँको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार ३६%ले घटेको थियो।

कम्पनीको प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, ‘लगातार २ वर्षको कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनः गति लिन थालेको छ। यसै सिलसिलामा हाम्रो बिक्री पनि २०६%ले वृद्धि भएको छ। निर्माण व्यवसायसम्बन्धी गतिविधि पुरानै लयमा फर्किन थालेपछि हाम्रो बिक्री पनि बढेको हो। हाम्रा उत्पादनहरुको गुणस्तरीयता र यिनीहरुप्रति उपभोक्ताको अटुट विश्वास र हाम्रा कर्मचारीहरुको कम्पनीप्रतिको लगाव र परिश्रमले गर्दा यो सब सफल भएको हो।’

मंगलमका सबै उत्पादन उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ। नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ। 

मंगलमको उत्पादनहरु उच्च गुणस्तरीय जापानिज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन्। यसका सबै उत्पादनहरू आईएसओ ९००१ः२०१५ प्रमाणित छन् भने मंगलमको सीपीभीसी, पीभीसी र एचडीईपी पाइप आईएसओ साथसाथै नेपाल गुणस्तर (एनएस) पनि प्रमाणित छन्।