काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

यसम्बन्धी सम्झौतापत्रत्रमा मकर जितुमाया सुरी हाइड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्। 

हाल मकर जितुमाया सुरी हाइड्रोपावरले प्रवर्द्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत २०७९ वैशाख १८ गतेदेखि व्यावसायिक उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरी बिक्री गरिरहेको छ भने माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ।

सेयर राजिस्ट्रारका रुपमा प्रभु क्यापिटलले मकर जितुमाया सुरी हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण विवरणको अभिलेख राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्नेलगायतका कार्यहरु गर्नेछ।