काठमाण्डौ । सवारीसाधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा मकासका उत्पादन र यसको विशेषता वारेमा कम्पनीका प्रतिनिधि र मेकानिक्सहरु बीचमा अन्तर्क्रिया गरिएको छ। मकास अटोमोटिभका जनरल म्यानेजर प्रमोद कुमारले कम्पनीको उत्पादन र यसको विशेषता वारेमा जानकारी प्रदान गरे। क्लचदेखि ब्रेक लाइनिङ र फ्लाई ह्विलदेखि बटनसम्म सबै रेन्ज उपलब्ध गराउने कम्पनी भएकाले सबैका लागि कम्पनी विश्वसनिय भएको उनले बताए।
मेकानिक्स र ग्राहकको बीचमा सधैँ सम्बन्ध बढाइरहने कम्पनीको लक्ष्यबमोजिम मन्दीको समयमा पनि राम्रो बजार लिएको कुमारको भनाइ छ। व्यस्तताको बाबजुद एमआरपी स्टिकरमा समेत आफ्नो मोबाइल नम्बर राखिएको र कुनै गुनासो भए सीधै सम्पर्क गर्न सकिने उनले बताए।
मकास अटोमोटिभका मार्केटिङ म्यानेजर सलिम खानले कम्पनी सधैँ नम्बर वान रहने कुरामा विश्वास गर्ने उल्लेख गर्दै जर्मन टेक्नोलोजी कम्पनी निभासँगको सहकार्यले कम्पनीको उत्पादन थप विश्वसनिय भएको बताए।
नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले नेपाली अटो मेकानिक्सहरुले गुणस्तरीय उत्पादनमा विश्वास गर्ने भएकाले मकासका उत्पादन लोकप्रिय रहेको बताए। कम्पनीले उपलब्ध गराउने विश्वसनिय सेवा र गुणस्तरीय उत्पादनका कारण भविष्यमा समेत यसको विश्वसनियता कायम रहने उनले विश्वास व्यक्त गरे।
संघका निवर्तमान अध्यक्ष दीपक खड्काले गुणस्तरीय उत्पादनभन्दा स्किम बिक्री भइरहेको बजारमा मकासले फरक पहिचान कायम गरेको बताए। उनले कम्पनीप्रतिको विश्वास आगामी दिनमा समेत कायमै रहने अपेक्षा गरे।
कार्यक्रममा नेपालका लागि आधिकारिक वितरक जयश्री चण्डेश्वरी अटोमोबाइल्स प्रालिका सञ्चालक सुरोजन शाक्य र अन्यले अटो मेकानिक्सहरुलाई स्वागत गरेका थिए।
सबै प्रकारका हेभी कमर्सियल भेइकल सम्म मकासको क्लच र अन्य कम्पोनेन्ट प्रयोग हुन्छ। नेपाली बजारमा समेत पहिले लोकप्रिय रहेको क्लच अटो सन् २०१८ मा बन्द भएपश्चात उही समूहले नै मकास अटोमोटिभ सञ्चालन गरिरहेको छ।
कम्पनीले १६० डाया देखि ४३० डायासम्म सम्पूर्ण रेन्जका क्लच उत्पादन गर्छ। भारतको चार स्थानमा यसको कारखाना छ। थ्रीह्विलरदेखि फोरह्विलर सबै गाडीमा यसको प्रयोग हुन्छ। टाटा मोटर्स, आइसर, अशोक लेल्यान्ड आदि गाडीमा यसको प्रयोग हुन्छ। क्लच प्लेट, कभर एसेम्बली, लिभर किट, प्रेसर प्लेट र क्लचसँग सम्बन्धित सबै कम्पोनेन्ट मकास अटोमोटिभले उत्पादन गर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago