 
                     
                                
                             
                                    काठमाण्डौ। मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाण्डौको चाबहिल तथा टोखाको गोंगबुमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ।
काठमाण्डौको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यो फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाण्डौ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगन्ज, धरान, पोखरा, वीरगन्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, इनरुवा, झुम्का बजार र विराटचोकमा २१ वटा शाखा रहेका थिए। अब थप २ शाखासहित शाखा संख्या २३ पुगेको छ।
२०७८ साल पुस मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्तापुँजी एवं रु. ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको यो फाइनान्सले रु. ११.६३ अर्ब निक्षेप संकलन गरी रु. ११.०२ अर्ब कर्जा परिचालन गरेको छ।
यसका साथै फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19