काठमाण्डौ । लामो समयपछिको स्थानीय निर्वाचनको पहिलो चरणमा मतदाताको सहभागिता उत्साहजनक देखिएको छ । निर्वाचन आयोगले एक विज्ञप्तिमार्फत बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साढे १० बजेसम्म(साढे ३ घण्टाभित्र) ४२ प्रतिशत मत खसेको जनाएको छ । 

पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तरगत ३४ जिल्लामा मतदान भइरहेको छ ।  २८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय तहमा मतदान हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार साढे १० बजेसम्म ४२ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी मनाङमा ४२ प्रतिशत मतदान भएको छ । कास्की र बाग्लुङमा ३५ प्रतिशत तथा स्याङ्जा र मुगुमा ३० प्रतिशत मत खसेको छ । यस्तै, रुकुममा २५ प्रतिशत मत खसेको छ भने बाँकी अन्य जिल्लामा औसतमा २५ प्रतिशतको दरले मत खसेको छ । 

आयोगले साढे ३ घण्टाभित्र खसेको मतलाई निकै उत्साहजनक र ऐतिहासिक भनेको छ ।