काठडमाण्डौ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिका लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको छ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेसनका सम्पूर्ण नयाँ पार्ट्स पुर्जा फेरिएको छ।
केबलकारको महत्वपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फ़ेरिएको छ।
गियर बक्सको चेक तथा अलायन्मेन्ट मिलाउने कार्यका साथै ४ टावरको पार्ट्स फेर्ने कार्य, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्य अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिङ र कमिसनिङ गर्ने काम पनि गरिएको कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19