काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरस रोकथाम अभियानलाई ध्यानमा राखेर मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवलकार चैत ८ गते (शनिबार) देखि बन्द गरिने भएको छ। 

कोरोना भाइरस रोकथाम अभियानका लागि सरकारले चालेको कदमलाई सहयोग पुर्याउने उद्देश्यले केवलकार बन्द गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ। अब केवल कार चैत ३० गतेपछि मात्र सञ्चालनमा आउनेछ। 

कम्पनीले विश्वर कोरोनाभाइरस फैलिरहेको अवस्थामा आफूहरुले सामाजिक व्यवसायिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै केवलकार सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ। यसका लागि सेनिटाइजर र सेवाग्राहीको स्वास्थ्यजाँचका लागि स्वास्थ्यकर्मीसमेत परिचालन गरिएको कम्पनीले जनाएको छ।