काठमाण्डौ । पोखराको अन्नपूर्ण केबलकारको नियमित मर्मत तथा सम्भारपश्चात पूर्वनिर्धारित समयभन्दा एक दिनअगावै साउन ६ गतेदेखि सञ्चालनमा आउने भएको छ।

केबलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकका लागि साउन ६ गतेदेखि भदौ ३१ गतेसम्म २०% प्रतिशत छुट दिने भएको छ। 

पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाइडको सेदीबगरबाट अन्नपूर्ण केबलकार चढी सराङकोटमा साउन महिनामा श्री कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्मको पैदल यात्रा गर्न सकिनेछ। यसका साथै अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका शृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबलकार परिसरमै  सुविधासम्पन्न रेस्टुरेन्ट सेवा, कफी सप, रेस्टुरेन्टबाट चारैतर्पmको आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायर, सुइङ, स्काई साइक्लिङको समेत साहसिक अनुभव  लिन सकिनेछ। 

यसका साथै केबलकारबाट पोखरा सहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडालगायतका दृश्यहरु पनि हेर्न सकिनेछ। पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबलकार थप एक दिनको गन्तव्य बनेको छ। 

यात्रुहरुको सुविधाका लागि लेकसाइडदेखि केबलकारको तल्लो स्टेसनमा सटल बसको व्यवस्था गरेको छ। 

केबलकार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ।