मनाङ । एमालेले मनाङमा ऐतिहासिक जित निकालेको छ । प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा एमालेले पहिलोपटक जित हासिल गरेको हो ।  

प्रतिनिधि सभा सदस्यमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन्। उनले २३०० मत पाए भने कांग्रेसका टेकबहादुर गुरुङले २०२१ मतमा चित्त बुझाउनुपर्यो ।

यो जिल्लामा यसअघि २०४८, २०५१ र २०५६ मा कांग्रेसले जितेको थियो भने २०६४ मा माओवादीका देव गुरुङ विजयी भएका थिए । २०७० मा टेकबहादुर गुरुङले जित हासिल गरेका थिए । जिल्लामा पहिलोपटक पार्टीले जितेपछि एमाले कार्यकर्ता तथा समर्थक बिहानैदेखि विजयउत्सव मनाइरहेका छन् ।

मनाङकोको प्रदेशसभा ख मा एमाले समर्थित स्वतन्त्र उम्मेद्वार दीपक मनाङे विजयी भएका छन् र प्रदेश क मा भने कांग्रेसले जित हासिल गरेको छ ।