काठमाण्डौ । मनाङमा नेकपा एमालेले अग्रता लिएको छ । प्रारम्भीक मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ एमालेका पाल्देन गुरुङले २४९ मतका साथ अग्रता लिएका छन्। काँग्रेसका टेकबहादुर गुरुङले १६४ मतका साथ पछ्याइरहेका छन्।
गोरखा १ मा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । माओवादी केन्द्रका हरि अधिकारीले ३५१ मत ल्याउँदा कांग्रेका चीनकाजी श्रेष्ठले ३३० मत ल्याएका छन् ।
उता, रुकुम पूर्वको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले ११ सय १९ मत ल्याएकी छिन्। रोकालाई नेपाली कांग्रेसका हरिशंकर घर्ती मगरले ६ सय ७३ मतसहित पछ्याइरहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19