काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकलाई डीपी तथा सेयर रेजिस्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु समाधानसम्बन्धी अन्तर्क्रिया आयोजना गरेको छ। 

काठमाण्डौमा शुक्रबार सम्पन्न अन्तर्क्रियामा सबै डीपी तथा सेयर रेजिस्ट्रार सेवा प्रदायक संस्थाहरुको सहभागिता थियो। ती संस्थाहरुले नियमनकारी निकायबाट तोकिएका नीति, नियम, कार्यविधि तथा समयसमयमा जारी हुने निर्देशनबमोजिम नियमनकारी निकायबाट प्राप्त प्रणाली प्रयोग गरी आफ्नो ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ र दैनिकजसो मर्चेन्ट बैंकर तथा सीडीएसबीच समन्वय भई कार्य हुने गरेको जानकारी गराए। 

सबै मर्चेन्ट बैंकिङ संस्थाहरुले प्रदान गर्ने सेवाहरु एकै किसिमको हुने भएको हुनाले दैनिक कार्य सञ्चालनमा, सबै डीपी तथा सेयर रेजिस्ट्रार सेवा प्रदायक संस्थाहरुले एकै किसिमका प्राविधिक तथा व्यावहारिक समस्याहरु व्यहोर्नुपर्ने हुन्छ र नियमितजसो सीडीएससीसँग अलग–अलग रुपमा सम्पर्कमा रहने गरेको कार्यक्रममा जानकारी दिइएको थियो। 

अन्तर्क्रियामार्पmत डीपी तथा सेयर रेजिस्ट्रार सेवा प्रदान गर्दा आईपर्ने प्राविधिक तथा व्यवहारिक कठिनाइहरुमा केन्द्रित भई सामूहिक रुपमा अन्तर्क्रिया गरी के–कसरी ती समस्याको समाधान गर्न सकिन्छ र सबैले आफ्नो ग्राहकलाई छिटोछरितो रुपमा गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। 

कार्यक्रममा २५ डीपी तथा सेयर रजिस्ट्रार सेवा प्रदायक संस्थाहरुबाट ४६ जना कर्मचारीहरुको सहभागिता थयो। कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनका लागि स्रोतव्यक्तिका रुपमा सीडीएससीका तर्पmबाट सूचना प्रविधि विभागका विभागीय प्रमुख तथा सहायक प्रबन्धक सुरेश न्यौपाने र कार्य सञ्चालन विभाग तथा गुनासो व्यवस्थापन विभागमा अधिकृतका रुपमा कार्यरत देवराज रिजालको उपस्थिति थियो। 

नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै स्रोतव्यक्तिका रुपमा सहभागीहरुलाई प्रशंसाको चिनो तथा प्रतीक प्रदान गरेका थिए।