काठमाण्डौ। महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छन्।
बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव सँगालेकी श्रेष्ठ स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेकी थिइन्। श्रेष्ठले तत्कालीन सुप्रिम डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव बटुलेकी छन्।
व्यवसाय प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ नेपाल फाइनान्स इस्टिच्युसन असोसिएसन र डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा लामो समयसम्म आबद्ध रहेकी थिइन्। उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताका रुपमा पनि काम गरेकी थिइन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19