काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन्।
बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्ति अस्पताल प्रालिसँग हिजो आइतबार बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज÷आईसीयू, एचसीयू, भेन्टिलेटर चार्ज र फार्मेसीमा १०% छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्र्ज÷क्याबिन, इन्भेस्टिगेसन (Lab, X-ray, USG, ECG, Endoscopy, PFT, TMT, Echo), Procedure Charge (Plaster, Stitching, Dressing) मा १५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
देशका १०३ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न अपिल गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago