काठमाण्डौ। महालक्ष्मी बिकास बैंकको पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा आज फागुन १६ गते गौशालास्थित नेपाल मानव धर्म सेवा समितिलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो। हिन्दुहरुको महान उत्सव महाशिवरात्रिको पूर्वसन्ध्यामा नेपाल मानव धर्म सेबा समितीलाई कुर्सी हस्तान्तरण गरिएको छ। उक्त सहयोग ग्रहण गर्दे नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैकले गरेको सहयोगप्रती कृतज्ञता व्यक्त गरे।
महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तीर्थालु तथा भक्तजनलाई विश्राम गर्न सजिलोहोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रबन्धक निरञ्जन कुइँकेलले जानकारी दिए।
महालक्ष्मी विकास बैंकले कोर बैंकिङमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भूमिका निर्वाह गर्दे आइरहेको छ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ।
बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19