काठमाण्डौ । महालक्ष्मी विकास बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आइरहेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत बैंकको बैतडी जिल्लास्थित पाटन शाखाले पाटन–४ स्थित भुमेश्वर माध्यामिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।
विद्यालयको प्राँगणमा आयोजित एक कार्यक्रमबीच उक्त खेलकुदका सामग्रीहरु हस्तान्तरण गरिएको हो। यस क्षेत्रले भलिबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीहरुलाई खेलप्रति थप हौसला प्रदान गर्न तथा खेलकुद विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले खेलकुदका सामग्रीहरु हस्तान्तरण गरिएको बैंकको पाटन शाखाका प्रबन्धक विजय शाहले बताए।
बैंकको यस सहयोगबाट विद्यार्थी निकै उत्साहिल भएको र खेलकुद विकासका लागि महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रति विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले धन्यवाद ज्ञापन गरे।
बैंकले कोर बैंकिङमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भूमिका निर्वाह गर्दे आइरहेको छ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।
कोभिडको जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न बैंकले अपिल गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19