काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जालपा माध्मिक विद्यालयलाई प्रतीक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ। 

जालपा माध्यमिक विद्यालयको प्राँगरणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तमबहादुर मल्ललाई प्रतीक्षालय निर्माणपछि हस्तान्तरण गरिएको बैंककको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी दिए। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई घामपानीबाट बच्न सजिलो होस् भन्ने उद्देश्यले बैंकले  प्रतीक्षालय निर्माण गरेको हो। 

हस्तान्तरण कार्यक्रममा विद्यालय प्रधानाध्यापक मल्लले विगतदेखि नै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणीय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद दिए। 

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै बैंकले नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।