काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकालाई डस्टबिन सहयोग गरेको छ। 

बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टबिन हस्तान्तरण गरेको हो। नगरपालिकामा चुनौतीका रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले डस्टबिन हस्तान्तरण गरिएको भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले बताए। 

नगरपालिका कार्यालयको प्राँगणमा आयोजित एक कार्यक्रमकाबीच शाखा प्रबन्धक गुप्ताले सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेलाई डस्टबिन हस्तान्तरण गरेका हुन्। 

कार्यक्रममा उपप्रमुख काफ्लेले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु नगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताइन्। 

स्थानीय नगरवरपर फोहरमैला व्यावस्थापनमा नगरपालिकालाई सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुग्ने हेतुले डस्टविन वितरण गरिएको बैंकले जनाएको छ। 

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट कोर बैंकिङका सेवाहरुमात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभाकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ।