 
                     
                                
                             
                                    काठमाण्डौ । महालक्ष्मी विकास बैंकले पर्साको वीरगन्जस्थित श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्र जीवन राजवंशीलाई ‘हिरा गिरी जेहेन्दार छात्रवृत्ति’ प्रदान गरेको छ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित ‘हिरा गिरी जेहेन्दार छात्रवृत्ती’ बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन्। अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले रु. ५० हजारबराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए।
विद्यालय व्यावस्थापनका अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने उल्लेख गर्दै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ। विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आमग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19