काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकहरुले काठमाण्डौको विशालनगरस्थित Arogin Health Care का विभिन्न सेवाहरुमा ५% देखि अधिकतम ४५% (hair transplant & hair fall treatment), सुनसरीको इटहरीस्थित होेटेल पाथीभरा इन्टरनेसनलका सेवामा १०%, काठमाण्डौको मैतीदेवीस्थित बुइँगल लाउन्ज एन्ड बारका सेवाहरुमा १५%, काठमाण्डौको लाजिम्पाटस्थित येलो हात्तीका सेवाहरुमा अधिकतम १०%, सुनसरीको इटहरी–६ स्थित बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन का सेवाहरुमा अधिकतम १०% र काठमाण्डौ मैतीदेवीस्थित बर्गर हाउस एन्ड क्रन्ची फ्राइन्ड किचेनका सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।