काठमाण्डौ । महालक्ष्मी विकास बैंकले काठमाण्डौको नक्सालस्थित श्री नन्दी माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ। 

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. श्री लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गीता काफ्लेलाई हस्तान्तरण गरेका हुन्। अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले रु. ५० हजारबराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ। 

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै बैंकले नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आमग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ।