काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत सइद हमदान अल नाकवीबीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटवार्तामा महासंघका महानिर्देशक धरणीधर खतिवडाको पनि सहभागिता थियो ।
उक्त भेटवार्तामा नेपाल र संयुक्त अरव इमिरेट्स बीच सहयोग एवं सहकार्य, नेपालमा संयुक्त अरव इमिरेट्सको लगानी आकर्षण, निजी क्षेत्र –निजी क्षेत्र बीचको सहयोग, सहकार्य र सम्बन्ध विस्तारका विषयमा छलफल भयो । साथै सो अवसरमा आगामी सन् २०२० को मार्च २४ देखि २६ सम्म संयुक्त अरव इमिरेट्सको दुवईमा आयोजना हुने वार्षिक लगानी सम्मेलनको दशौ संकरणमा नेपालको निजी क्षेत्रको सहभागिताका विषयमा पनि वृहद छलफल भएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष राणाले दुवै देशको निजी क्षेत्र बीचको सम्बन्ध विस्तार मार्फत नेपालमा कृषि, पर्यटन, नेपाली उद्योग व्यवसायको क्षमता अभिवृद्धि, उत्पादनमुलक क्षेत्रमा संयुक्त अरव इमिरेट्सको लगानी, प्रविधि तथा अनुभव आकर्षणका लागि कुटनीतिक माध्यमबाट सहयोग गर्न राजदुतसमक्ष आग्रहसमेत गरिन्। अध्यक्ष राणाले दुवईमा हुने लगानी सम्मेलनमा महासंघको नेतृत्वमा अर्थपूर्ण सहभागिता हुने र मेलालाई दुवै देशको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि भरपुर उपयोग गर्ने विश्वास दिलाइन् ।
सो अवसरमा राजदूत हमदान अल नाकवीले नेपाल र संयुक्त अरव इमिरेट्स बीचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिंदै दुवई सम्मेलनमा नेपाली निजी क्षेत्रको सहभागिताका लागि महासंघका अध्यक्षलाई निम्तो दिनु भयो । नेपालको विकास प्रयासमा सहयोग गर्न आफ्नो देश सदैव तयार रहेको विश्वास दिलाउनु हुंदै राजदूतले खासगरी संयुक्त अरव इमिरेट्समा नेपाललाई एक प्रमुख लगानी गन्तव्यको रूपमा प्रवद्र्धन गर्न जोड दिनु भयो । साथै उहांले आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा महासंघले थाल्ने प्रयासमा राजदूतावासले सदैव सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो ।
कार्यक्रममा संयुक्त अरव इमिरेट्सको नेपालस्थित दूतावासका अधिकारी, महासंघका वरिष्ठ अधिकृतहरूको पनि उपस्थिति रहेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago