काठमाण्डौ । महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले यही फागुन २२ गतेदेखि फागुन २७ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ।

यस ४५–पोइन्ट चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्री हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ लिन सकिनेछ। महिन्द्राका ग्राहकले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन्। 

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ। 

यसका साथै ग्राहकले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्री नम्बरहरुः १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।