काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा ‘सहयात्रा समृद्धिको’ कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ। 

आज सम्पन्न एक कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ती महिला ट्रेकिङ उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेका हुन्।

कोभिड-१९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आयआर्जनबाट विमुख हुन पुगेका महिला ट्रेकिङ उद्यमीहरुलाई ट्रेकिङका लागि चाहिने बन्दोबस्तीका समानहरुको जोहो गरी आफ्नो उद्यम-व्यवसायलाई पुनः सुचारु गर्दै  जीवनस्तर सुदृढ पार्न यो कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ।