काठमाण्डौ । खल्ती प्राइभेट लिमिटेडले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग आधिकारिक सहकार्यको गर्न पाउँदा खुसी छ। यसमार्फत ग्राहकलाई खल्ती वालेटबाट आफ्नो सहज मासिक किस्ता (ईएमआई) तिर्न सक्षम पारेको छ।

आउँदो समयमा खल्ती र महिला लागुवित्त वित्तीय संस्था दुवैले महिला सशक्तीकरण र डिजिटल वित्तीय साक्षरताका लागि सहकार्य गर्नेछन्। यो साझेदारीसँगै अब ग्राहकले शाखा कार्यालयमा नगइ ऋण तिर्नसक्ने र खल्तीका अन्य डिजिटल सेवाहरु पनि प्राप्त गर्न सक्नेछन्।

यस सुविधाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रुपमा बढिरहेको छ। ग्राहकलाई डिजिटल प्लेटफर्म मार्फत आफ्नो ईएमआई तिर्न सहज हुने भएकाले डिजिटल कारोबारलाई तीव्रगतिमा प्रभावकारी बनाउँदै यो सुविधा उपलब्ध गराइएको हो।’

महिला लघुवित्तको किस्ता भुक्तानी ‘खल्ती’बाट यस प्रकार तिर्न सकिन्छ 

  • खल्ती होम स्क्रिनमा ईएमआर्य सेक्सनमा जानुहोस्
  • महिला लघुवित्त छनौट गर्नुहोस्
  • आवश्यक विवरण भर्नुहोस्
  • ‘प्रोसिड टु पे’मा ट्याप गर्नुहोस् र भुक्तानी पूरा गर्नुहोस्

ISO 27001:2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, १ हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ। 

सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।