काठमाण्डौ । क्रिजल फुटसल क्लबले काठमाण्डौमा गर्न लागेको दोस्रो खुला महिला फुटसल प्रतियोगितामा सहभागी हुने ख्वप किंग्स भक्तपुरलाई नेपाल इको प्यानलले साथ दिने भएको छ।
इको प्यानलले खेलाडीहरुका लागि आवश्यक सहयोग प्रदान गरेर साथ दिने भएको हो।
प्रतियोगिता साउन १२ गते शुक्रबार काठमाण्डौको रोभ फुटसल सेन्टर मण्डिखाटारमा हुनेछ। प्रतियोगितामा पहिलो हुने टिमलाई ट्रफी, मेडल्स र सर्टिफिकेटका साथै ३० हजार नगद, दोस्रो हुनेलाई ट्रफी, मेडल्स र सर्टिफिकेटका साथै २० हजार नगद पुरस्कार प्रदान गर्ने जनाइएको छ।
यसका साथै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई पनि पुरस्कार प्रदान गर्ने जनाइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19