काठमाण्डौ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले महिला सशक्तीकरणमा केन्द्रित विशेष “जागृति”अभियान सञ्चालन गर्नेे भएको छ ।

यस अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरुको बीच पुर्याउनु हो । अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १०%हिस्सा “विमेन एक्ट”नामक एक महिला सशक्तीकरणमा आधारित गैरसरकारी संस्थालाई दिइनेछ ।उक्त अभियान यहिी आज आइतबारदेखि मार्च १६ सम्म जारी हुनेछ ।

दराजसँग एकता देखाउँदै बैंक पार्टनर सनराइज बैंकले अन्तराष्ट्रिय महिला दिवसमा १५% वा रु १,५०० सम्मको छूट दिने भएको छ । छूटको लाभ लिनका लागि ग्राहकहरूले उनीहरूको सनराइज बैंकको क्रेडिट÷डेबिट कार्ड मार्फत् पूर्व भुक्तानी वा “प्रिपेमेन्ट्”गर्नुपर्नेछ । यसबाहेक, महिला फेशन, स्वास्थ्य र सौन्दर्य, र जीवनशैली उत्पादनहरूमा पनि अतिरिक्त छूट र अफरहरु रहेका छन् । साथै ग्राहकहरूले भौचर मार्फत रु १५० देखि रु ३५० सम्मको छूट पनि पाउन सक्छन् ।

महिलाहरुमा उद्यमशीलताको विकास गर्न दराजले विशेष प्राथमिकता दिदै आएको छ । इकमर्स र विशेष गरी दराजले प्रस्तुत गरेको अनलाइन बजार मोडल महिला उद्यमीहरू तथा इच्छुक महिलाहरूका लागि कुनै पनि व्यवसाय सञ्चालन गर्न उपयुक्त प्लेटफर्म बनेको छ । दराजको सजिलो दर्ता प्रकृया र निःशुल्क तालिमले यी महिला उद्यमीहरुलाई आफ्नै बलमा व्यवसाय सुरु गर्न शक्ति प्रदान गरेको छ ।

दराजले आफ्ना महिला विक्रेता र उद्यमीहरूका धेरै कथाहरू भिडियोमा रेकर्ड पनि गर्दै आएका छन् । उक्त भिडियोहरुमा उनीहरूले आफ्नो संघर्ष, सफलता, उनीहरूको व्यवसायमार्फत अन्य महिलाहरूलाई सशक्तीकरण गर्दै आएको र दराजले दिएको साथको बारे व्याख्या गरेको छन् । इच्छुक दर्शकहरूले दराजको यूट्यूब च्यानलमा उनीहरूका कथाहरू हेर्न सक्दछन्।

यस अभियान मार्फत दराजले महत्वाकांक्षी महिलाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न प्रोत्साहित गर्ने आशा गर्दछ किनकि अब समय आएको छ “नयाँ सोच, नयाँ म” को।