काठमाण्डौ । माईपे डिजिटल वालेटले नेपालको हालसम्मकै सबैभन्दा ठूलो राइड कार्यक्रम आयोजना गर्ने भएको छ। नेपालको राइड सेयरिङ एप सजिलोको मुख्य प्रायोजनमा माईपेले राइड कार्यक्रम गर्न लागेको हो। 

भदौ तेस्रो साता एक दिनका लागि आयोजना हुन लागेको उक्त राइड कार्यक्रममा राइड गर्न मन पराउने १०० भन्दा बढीको सहभागिता हुने जनाइएको छ। भक्तपुरको राधेराधेदेखि धुलिखेलसम्म राइड हुनेछ। उक्त कार्यक्रममा सहभागी हुने राइडरहरुलाई लाग्ने सम्पूर्ण खर्च आयोजक माईपे डिजिटल वालेटले व्यहोर्ने माईपेले जनाएको छ। 

कार्यक्रममा सहभागी हुन, माइपे डिजिटल वालेट डाउनलोड गरी राइडको फर्म भर्नुपर्ने छ। माईपे डाउनलोड गर्दा रिफर कोर्डमा ःच्द्यख्ीइन्क् राखी डाउनलोड गरी केवाईसीसमेत भरेमा राइडका लागि योग्य हुने माइपेले जनाएको छ। राइडमा मोटरसाइकलको पछाडि राखेर साथी समेत लान सकिनेछ र त्यसका दुवैको फर्म भरेको हुनुपर्नेछ। यसरी फर्म वा केवाईसी भरेकामध्येबाट राइडका लागि १०० जना छनौट गरिने आयोजक मार्ईपेले जनाकारी दिएको छ। 

डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालनासम्बन्धी जनाकारी गराउँने साथै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेले जनाएको छ।

कार्यक्रममा नायिका स्वातिमा खड्का, नायक नीराजन प्रधान, युवा मोटो भ्लगर एमआरबीका साथमा अन्य कलाकारहरुको समेत उपस्थिति हुने आयोजक माइपेले जनाएको छ।