काठमाण्डौ । असाधारण परिणाम प्राप्त गर्न आफैँले आफैँलाई जोखिम मोल्न लगाउनेहरुको आँट र जोशमा सदा साथ दिने माउन्टेन ड्यु® नेपालका युवाहरुलाई आफूभित्रको सीमा तोड्न अनि डर तथा आत्म शंकाबाट बाहिर निस्कन यो वर्ष ‘डरको अगाडि जीत छ’ नामक प्रचार अभियानमार्फत् प्रेरित गर्न तम्तयार भएको छ।

यो पेय पदार्थले ब्रान्ड सद्भावनादूत अनुपविक्रम शाहीको साथमा तयार पारिएको नयाँ जोशिलो विज्ञापन आज सार्वजनिक गरेको छ। रोमाञ्चकतालाई थप उचाइमा पुर्याउँदै यो विज्ञापनको छाँयाकन दुबईस्थित विश्वकै सबैभन्दा अग्लो एमारको बुर्ज खलिफामा गरिएको छ। यो विज्ञापनमा या त डरदेखि डराएर भाग्ने या डरको सामना गरेर अगाडि बढ्ने भन्ने २ विकल्पलाई देखाएर माउन्टेन ड्युको विश्वासको पुनरावृत्ति गरिएको छ। यो नै त्यो छनौट हो, जसले अरुलाई छाडेर वास्तविक हिरोको पहिचान गराउनेछ।

डरको अगाडि जित छ भन्ने शक्तिशाली जीवन दर्शनमा आधारित भएर विज्ञापनको सुरु बुर्ज खलिफाको माथिल्लो भागबाट एकदम सूक्ष्म दृष्टिबाट हुन्छ। जहाँ अनुपले विश्व रेकर्ड कायम गर्न भारी दर्शकहरुका सामुन्ने डरलाग्दो स्टन्ट दिँदै गरेका हुन्छन्। 

फिल्मले अनुपमा देखा परेको द्विविधा र दृढ संकल्प दुवैलाई कैद गर्दछ। आफ्नो अगाडि आएको विकल्पलाई मूल्यांकन गरेर अनुपले माउन्टेन ड्युको एक चुस्की लिन्छन्। अनि उनको मुहारमा दृढता झल्किन्छ र सबै बाधालाई पन्छाउँदै बाइकमा बुर्ज खलिफाको टुप्पाबाट डुबुल्की लगाउँछन्।

विज्ञापनको छायांकनका सम्बन्धमा आफ्नो अनुभव सुनाउँदै अनूप भन्छन्, ‘माउन्टेन ड्युको आदर्श वाक्य ‘डरको अगाडि जीत छ’ मेरो विश्वाससँग मेल राख्छ, तपाइँ कहाँबाट आउनु भएको हो र तपाइँ को हो भन्नेले खासै अर्थ राख्दैन, यो त डरको सामना गर्ने व्यक्रिको हिम्मत हो। जसले उसलाईलाई वास्तविक हिरो बनाइदिन्छ।’

‘बुर्ज खलिफामा छाँयाकन गर्नु एक रोमाञ्चकारी अनुभव रह्यो’, अनुप थप्नछन्, ‘किनकि हामी ब्रान्डका लागि नयाँ उचाइमा पुग्न चाहन्छौँ–एकदम शाब्दिक तबरले। मलाई विश्वास छ नयाँ फिल्मले नेपालका युवालाई प्रेरित गर्नेछ र उनीहरुले डरको सामना गर्ने आफ्नो आत्मविश्वासलाई जगाएर आइपरेका चुनौतीहरु पार गर्न उनीहरुलाई जागृत गराउनेछ।’

नयाँ विज्ञापनका बारेमा आफ्नो धारणा राख्दै पेप्सीको नेपालका सिनियर मार्केटिङ डाइरेक्टर नसीब पुरीले भने, ‘डरको अगाडी जीत छ भन्ने आदर्श वाक्यसँगै माउण्टेन ड्युले सधैँ नै नेपालमा जोखिम मोल्ने र सफलता प्राप्तिका लागि डर तथा आत्म–शंकालाई पर धकेल्नेहरुलाई सलाम गर्दछ। यो वर्ष पनि वास्तविक हिरोहरु ती हुन्, जसले चुनौतीहरुलाई स्वीकार्छन् र विजेताका रुपमा उभिन्छन् भन्नेलाई पुनः दोहोर्याएको छ। हामीलाई विश्वास छ अनुपले विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको टुप्पाबाट गरेको जोडदार अभिनय हेरेर नेपालका उपभोक्ताहरु रोमाञ्चित हुनुहुनेछ र उहाँहरु सबैमा डरको अगाडि जीत छ भन्ने कुराले बलियो स्थान जमाउनेछ।’

माउन्टेन ड्युको यो नयाँ विज्ञापन सबै टीभी च्यानल, डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरुमा समेत गरी व्यापक एवं बृहत रुपमा प्रदर्शन गरिनेछ। माउन्टेन ड्यु सबै परम्परागत पसलहरुका साथै आधुनिक स्टोरहरु र ई–कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध हुनेछ।