काठमाण्डौ । माउन्टेन डिउले सधैं नै साधारण र असाधारणबीचको भिन्नता भनेको डर र आत्म शंकाभन्दा पर जाने निर्णय हो भन्ने मान्यतालाई कायमै राखेको छ। 

नेपाली युवाहरुलाई पकड राख्ने र चिन्तनशील विचारको सिनेम्याटिक टीभीसीमार्फत उनीहरुभित्रको डरभन्दा बाहिर निस्कन अभिप्रेरित गर्दै आएको प्रयासलाई निरन्तरता थप्दै माउन्टेन डिउले ब्रान्ड सद्भावनादूत अनुपविक्रम शाही अभिनित आफ्नो नयाँ फिल्म सार्वजनिक गरेको छ। जिन्दगी–भन्दा–ठूलो, अत्यन्त जोखिमयुक्त स्टण्ट र प्रेरणादायी कथा भएको यो नयाँ प्रचार अभियानले ब्रान्डको विद्यमान “डरको अगाडि जीत छ” भन्ने मूल मन्त्रलाई नेपाली उपभोक्ताहरुमाझ अझ व्यापक बनाउने विश्वास गरिएको छ।

अत्यन्त जोखिमले भरिएको फिल्म अनूपले एउटा कार्गो प्लेनमा एकदमै उच्च स्थानबाट यसभन्दाअघि कहिल्यै नगरेको बिना सहायता हामफाल्ने स्टन्ट गर्न लागेकोबाट सुरु हुन्छ, जुन स्टन्टको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेको हुन्छ। जब उसको समुहले स्टन्टको जोखीम स्थानमा औल्याउँदछ तब हामीले अनूपले आफ्नो अगाडि आएको छनौटको मूल्यांकन गरेर चिन्ता लिएको देख्छौँ। त्यस्तैमा उसले माउन्टेन ड्युको एक चुस्की पिएपश्चात् उसको मुहारमा आएको दृढता देखिन्छ र उसले चुनौतीको सामना निर्धक्कपूर्वक गर्दछ अनि सबैका सामू ऊ विजेता बनेर उभिन्छ। 

फिल्ममा माउन्टेन डिउको विश्वासलाई दर्शाइएको छ। जसअनुसार अगाडि आइपरेको चुनौतीहरु सामना गर्नुपर्दा त्यहाँ २ रोजाइहरु हुन्छन् या त डरदेखि डराएर भाग्ने अथवा डरलाई जितेर अगाडि बढ्ने–यही नै त्यो रोजाई हो। जसले वास्तविक हिरोहरुलाई बाँकी अरुभन्दा भिन्न राख्दछ।

प्रचार अभियानका बारेमा जानकारी दिँदै पेप्सीको नेपालका वरिष्ठ मार्केटिङ डाइरेक्टर अनुज गोयलले भने, ‘डरको अगाडि जीत छ’ भन्ने आदर्श वाक्यका साथ माउन्टेन डिउले सधैँ नै जोखिम मोल्नेहरुलाई सलाम गर्दै आएको छ र ग्राहकहरुलाई उनीहरुको डरसँग जुधेर, कठिनाइहरुको सामना गर्दै सफलता चुम्न हौस्याउँदै आएको छ। यो हाम्रो नयाँ रोमाञ्चकारी र अत्यन्त जोखिमपूर्ण स्टन्टमार्फत माउन्टेन ड्युले वास्तविक हिरोहरु ती हुन्, जसले उनीहरुको अगाडि आइपरेको चुनौतीको डटेर सामना गर्दछन् र विजेता बनेर उभिन्छन् भनेर दर्शाउने लक्ष्य लिएको छ। हामी एकपटक फेरि अनुपसँग सहकार्य गर्न पाएकोमा हौसिएका छौँ, जसले माउन्टेन ड्युको आदर्शलाई वास्तविकतामा परिणत गरिदिएको छ। हामी आशावादी छौँ कि हाम्रा उपभोक्ता र अनूपका प्रशंसकहरुले माउन्टेन ड्युसँगको डरको अगाडि जीत छ भन्ने यो विश्वासलाई गुन्जायमान गराउनु हुनेछ।’

टीभीसी सुटिङ गर्दाको आफ्ना अनुभव सुनाउँदै ब्रान्ड सद्भावनादूत अनुपविक्रम शाहीले भने, ‘माउन्टेन डिउका लागि यो नयाँ रोमाञ्चक विज्ञापन सूट गर्नु मेरो लागि एक मुटु कमाउने अनुभव रह्यो। सधैँजसो यस प्रकारको प्रतिष्ठित ब्रान्डसँग आबद्ध हुन पाउनु र डरको अगाडि जीत छ भन्ने आदर्श, जसलाई मैले पनि अँगीकार गरेको छु, त्यसलाई समर्थन गर्न पाउनुले मलाई हर्षित बनाएको छ। मलाई विश्वास छ कि नयाँ प्रचार अभियानले नेपालका युवाहरुलाई प्रोत्साहित गर्नेछ र उनीहरुलाई उनीहरुका डरहरुसँग जुध्न हिम्मत जुटाउनेमा विश्वस्त छु र बाधाहरु सानाठूला चाहे जे भएपनि त्यसमाथि विजयी हासिल गरेरै छाड्नेछन्।’

नयाँ माउन्टेन डिउप्रचार अभियान र टीभीसी टीभी, डिजिटल, आउटडोर र सोसल मिडियाभर व्यापकरुपमा प्रचार प्रसार गरिनेछ। माउन्टेन ड्यु आधुनिक एवं परम्परागत पसलहरुका साथसाथै अग्रणी ई–कमर्स प्लेटफर्महरुभरी सिंगल वा मल्टी सर्भ प्याकहरुमा उपलब्ध रहेको छ।