काठमाण्डौ । माओवादीले मतगणना जारी रहेका नगरपालिकाहरुमध्ये रुकुमको मुसीकोट नगरपालिकामा विजयको झण्डा गाडेको छ । 

माओवादीका उम्मेद्वार देवीलाल गौतमले ४३४० मतसहित मेयरमा जित हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मतमा चित्त बुुझाउनुपर्यो ।

उपमेयरमा पनि माओवादीकै उम्मेद्वार प्रेमकुमारी सुनारले जित हासिल गरिन् । उनले ४५११ प्राप्त गरिन् भने उनलाई कांग्रेसकी बालकुमारी गिरीले ४१५४ मतले पछ्याए पनि सफलता हात परेन । 

माओवादीको तर्फबाट जित हासिल गर्ने गौतम र सुनार पहिलो मेयर तथा उपमेयर हुन् ।