काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मादी नगरपालिकामा मंसिर २३ गते र पाख्रिबास नगरपालिकामा मंसिर २४ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

ती कार्यक्रम बैंकको विरातनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेको थियो।

बैंकको यस कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्य, राजनीतिक दलका प्रतिनिधि, विद्यालयहरुका शिक्षक, शिक्षा शाखा प्रमुख, व्यावसायिक, विद्यार्थी तथा महिला गरी करिब ७० जनाको उपस्थिति थियो।

कार्यक्रममाा उपस्थित सहभागीलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाका लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुन्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदिजस्ता विषयहरुमा विस्तृत ज्ञान दिएका छन्।

बैंकले मादी नगरपालिकामा आयोजना गरेको कार्यक्रममा मादी नगरपालिकाका मेयर जीवनकुमार लिंग्थेप प्रमुख अतिथिका रुपमा थिए भने पाख्रिबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ प्रमुख अतिथिका रुपमा थिए। यसैगरी बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ललगायत अन्य कर्मचारीको उपस्थिति थियो।